मुख्य सामग्रीमा जानुहोस्

समाचार

Politics

‘१५ औं महाधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने’

annapurnapost.com · Sat Oct 03 09:38:55 GMT 2026

काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन गराएर शेर बहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४ औँ महाधिवेशन सम्पन्न भई निर्वाचित भएको र १५ औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरेका हुन् ।

आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको उनको भनाई छ। नेता महतले प्रतिकूल अवस्था र अनेकौँ दबाबका बाबजुद पनि पार्टीका नेता तथा कार्यकर्ता आफैँ खर्च गरेर,कुनै तामझाम बिना देशैभरिका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा जुटिरहेको दाबी गरे। विशेष अधिवेशन भनेर पार्टीलाई बिथोल्ने कोशिस गलत भएको र यसको विरुद्धमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको उनको भनाई छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)