कक्षा एकमै रोकिन्छन् सोह्र प्रतिशत विद्यार्थी
gorkhapatraonline.com · Sun Jun 07 23:24:56 GMT 2026

सरकारले विद्यालय शिक्षामा बर्सेनि अर्बौं रुपियाँ खर्च गर्ने गरे पनि कक्षा १ मा भर्ना भएकामध्ये १६ प्रतिशत विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना भएका एक सय जना विद्यार्थीमध्ये अहिले पनि कक्षा २ मा पुग्दा ८० जना मात्रै बाँकी रहने गरेका छन् । जसमध्ये औसतमा १६ जनाले कक्षा दोहोर्याउँछन् भने चार जनाले पढाइ छाड्ने गरेका छन् ।
सरकारी नीति अनुसार अहिले पनि कक्षा १ देखि ३ सम्म शतप्रतिशत निरन्तर मूल्याङ्कन प्रणाली लागु भइरहेको छ । सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन् । तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)