कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा सुरु
nepalpress.com · Sat Oct 03 09:46:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ । पार्टी कार्यालय बीपीनगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको हो ।
दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् । उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)