दाउन्ने दुर्घटना अपडेटः मृत्यु भएका छ जनाकै सनाखत
kendrabindu.com · Sat Oct 03 09:58:51 GMT 2026

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको यात्रुवाहक बस आज बिहान विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले राससलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)