पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
baahrakhari.com · Sun Apr 07 00:17:43 UTC 2024

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)