भोलि ५ बजे देउवाको शपथ,ओलीले १२ बजे बालुवाटार छाड्ने
janaaastha.com · Mon Jul 12 16:34:11 GMT 2021
नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नुहुने भएको छ ।राष्ट्रपति कार्यालयको प्रशासनले देउवा निवास बूढानीलकण्ठमा भोलि साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।
यता,बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सामान आजै साँझदेखि प्याकिङ गर्न थालिएको छ । भोलि दिउँसाे २ बजे अगावै बालकोट सर्ने तयारी छ । बालकोटमा आफ्नै घर भएकाले तयारी खासै हेर्न नपर्ने सुरक्षा स्रोतको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)