निर्वाचन जित्नु एक मात्र उद्देश्य
ekantipur.com · Sun Apr 07 00:19:25 UTC 2024
पछिल्लो समय दलहरूको एउटै साझा उद्देश्य जसरी भए पनि निर्वाचन जित्ने, बढी सिट ल्याउने, सरकार बनाउने र आफ्ना मान्छेलाई लाभको पद दिनेबाहेक केही देखिएन ।
जनताको मन जितेर होइन निर्वाचन जितेरचाहिँ सरकार बनाउने देखिएको छ । निर्वाचन जित्नका लागि हदैसम्मको षड्यन्त्र उपनाउँछन् । सोझा जनतालाई गुमराहमा राखेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न माहिर छन् राजनीतिक खेलाडीहरू । जनताको समस्या दिन प्रतिदिन चुलिँदो छ । सरकार समृद्धिको कुरा गरेर थाक्दैन । हो, निर्वाचनमा बढी सिट जित्न खोज्नु स्वाभाविक हो तर यहाँ त हरेक दिन राजनीति गरेर जनताको दैनिकीमाथि खेलबाड भइरहेको छ । कहिले गठबन्धन भनेका छन्, कहिले सहमति भनेका छन् । केमा सहमति केमा गठबन्धन जनतालाई त्यसले केही अर्थ राख्दैन । केन्द्र्रदेखि प्रदेशको राजनीति लथालिंग बनेको छ । भ्रष्टाचारका फाइल आज खुल्छ, भोलि बन्द हुन्छ । फाइल खोलेर अपराधीलाई कारबाही नहुने भएपछि किन खोल्नु । देशमा अराजकता बढेको शून्य भ्रष्टाचारको नारा नेताको मुखमा झुन्डिएको छ । एकले अर्कालाई आरोप लगाउँछन्, आफू केही गर्दैनन् । नेताले सिकेको राजनीतिक संस्कार यस्तै हो र ? अहिले इलाम र बझाङमा उपनिर्वाचनको माहोल सुरु भइसक्यो । भोटचाहिँ कहिलेसम्म किन दिने हो ? जनता रैती बन्न भोट हाल्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)