मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानले कहिले पाउने पेन्सन ?

ekantipur.com · Sun Apr 07 00:18:20 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहालले जीवनको महत्त्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्न भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

तेस्रो राष्ट्रिय नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन विकासका लागि मार्गदर्शन प्रदान गरेको उल्लेख गर्नुभएको थियो । विडम्बना, ज्येष्ठ नागरिकको अवस्था अहिले पनि सामान्यता धेरैको नाजुक छ । त्यसकारण ज्येष्ठ नागरिकको पक्षमा यहाँ केही लेख्न खोजेको हुँ । विशेष गरेर किसान ज्येष्ठ नागरिकका बारेमा । एकथरीका किसान जो देशमै रहे । आफ्नै माटोलाई उर्वराशक्तिमा परिणत गरिरहे । समयसँगै त्यस्ता किसानको जीवन सकियो, भएकाको पनि शक्ति ह्रास भयो । सारा डाक्टर, इन्जिनियर, व्यापारी, नेता, कार्यकर्तालाई खेतमा अन्न उब्जाएर खुवाउने किसान नै हुन् । यी किसान जो ज्येष्ठ नागरिक भए, उनीहरूलाई कसैले चिन्दैन । न जमिनदारले चिन्छ न त राज्यले । यो देशमा रहेर काम गरेका नागरिक जो ज्येष्ठ हुन्छन्, उनीहरूले पेन्सन पाउँछन् । तर शरीरमा शक्ति हुन्जेल खेतीकिसानी गर्ने, अरूको जीवन धानिदिने किसान अशक्त भएपछि हात खाली हुन्छ । अरूले सेवाबापत अवकाशपछि पेन्सन पाउँछन्, तर किसानलाई कसले हेर्ने ? यो विषयमा अहिलेसम्मका सबै सरकार चुपचाप छन् । यो विषयमा अहिलेको सरकारको आँखा परोस् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)