देउवाबाटै महाधिवेशनको उद्घाटन गराउने हाम्रो इच्छा छ : कांग्रेस प्रवक्ता चालिसे
annapurnapost.com · Sat Oct 03 10:44:58 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवाबाट पार्टीको १५ औँ महाधिवेशन उद्घाटन गराउने आफूहरूको इच्छा रहेको बताएका छन्।
आफूहरूले देउवालाई अग्रज नेताका रूपमा सम्मान र सम्बोधन गरेको उल्लेख गर्दै चालिसेले देउवा महाधिवेशनमा आएमा सिङ्गो पार्टीले सम्मान अनुभव गर्ने बताए। पार्टी सभापति गगनकुमार थापाले सार्वजनिक समारोहहरूबाटै देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसकेको उल्लेख गर्दै उनले बाँकी कुरा देउवाकै हातमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)