दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण एक वर्ष लाग्ने
onlinekhabar.com · Sat Oct 03 10:59:08 GMT 2026

१७ असोज, कञ्चनपुर । कञ्चनपुरको प्रशिद्ध दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने देखिएको छ । पुलमा क्षतिको अध्ययन गर्न पुगेको प्राविधिक टोलीले यस्तो बताएका हुन् ।
पुलमा क्षतिको अवस्था र कारणबारे स्थलगत अध्ययन गर्न संघ र प्रदेश सरकारले प्राविधिक टोली पठाएको थियो । सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले शुक्रबार पुलको स्थलगत अध्ययन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)