मधेसवादी दलहरूले जनताका निम्ति काम गर्न सकेनन् : अध्यक्ष लिङ्देन
ratopati.com · Wed Mar 20 17:11:00 GMT 2024
बारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्त्वपूर्ण काम गर्न नसकेको बताएका छन् । बुधबार बाराको निजगढमा भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।
उनले सङ्घीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट मात्रै ४७ जना नेताहरू मन्त्री भइसके पनि जनताले कुनै सुविधा नपाएको टिप्पणी गरे । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नगरेको भन्दै लिङ्देनले जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)