काम चापले मन्त्रीको संख्या बढाउनुपर्यो : मुख्यमन्त्री राई
nepalsamaya.com · Thu Feb 17 00:20:00 GMT 2022
विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चापले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताएका छन्। समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश १ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले विगतको सरकारले कुनै पनि काम गर्न नसकेको र कार्य विशेषताले मन्त्रालयको विभाजन गर्नुपरेको धारणा व्यक्त गरे।
'कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् (मन्त्री) र मन्त्रालयको संख्या बढाउनुपरेको हो,' मुख्यमन्त्रीले थपे, 'यसले खर्चमा वृद्धि भएपनि विगतको सरकारले ठूलो आर्थिक खाडल सिर्जना गरेको छ। त्यसलाई पुर्न महत्वपूर्ण योजना ल्याइँदैछ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)