कञ्चनपुरमा मोटरसाइकल र अटोको ठक्कर हुँदा एक मोटरसाइकल चालक गम्भीर घाइते
barnanmedia.com · Sat Aug 31 21:47:48 UTC 2024

कञ्चनपुरको महेन्द्रनगर म्युजियम नजिक शनिवार साझँ मोटरसाइकल र अटोको ठक्कर हुँदा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
महेन्द्रनगर बजारबाट आउँदै गरेको सु.प.प्र ०२.००३प ५१६७ नम्बरको मोटरसाइकल र दैजीबाट आउँदै गरेको म.१ ह ८२० नम्बरको अटोको आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। तत्कालै उद्धार सेवाहरूलाई खबर गरी घाइते चालकलाई नजिकैको अस्पताल पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)