मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रप्रति सचेत र उत्तरदायी नागरिक बनाउने शिक्षा हुनुपर्छ :  राष्ट्रपति

ratopati.com · Sat Oct 03 11:14:08 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन् । सेन्ट जेभियर्स स्कुल गोदावरी र जावलाखेलको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, ‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन । शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो । त्यसैले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)