मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व बढाउने र खर्च घटाउनैपर्ने दबाबमा सरकार

nayapatrikadaily.com · Tue Jan 03 00:43:00 GMT 2023

सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको छ । अर्थात्, अहिले सरकारले तलब–भत्ता खुवाउनसमेत ऋण र अनुदानको स्रोत प्रयोग गरिरहेको छ । सरकारी तथ्यांकले आइतबारसम्मको साधारण खर्चको तुलनामा राजस्व आय करिब ४० अर्बले कमी देखिएको छ । यसले नवगठित सरकारलाई राजस्व बढाउनैपर्ने तथा चालू खर्च घटाउनैपर्ने दबाब परेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारसम्ममा सरकारले तीन खर्ब ५५ अर्ब सात करोडबराबर राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको २५.३१ प्रतिशत मात्रै हो । तर, यही अवधिमा सरकारको साधारण खर्च भने तीन खर्ब ९५ अर्ब दुई करोडबराबर देखिएको छ । जुन वार्षिक चालू बजेटको ३३.३९ प्रतिशत हो । राजस्व आय र चालू खर्चबीच ३९ अर्ब ९५ करोड रुपैयाँबराबरको अन्तर (ग्याप) देखिएको छ । यसको अर्थ चालू खर्चमा प्रयोग भएको करिब ४० अर्ब रुपैयाँ राजस्वबाट नभई ऋण वा अनुदानबाट पूर्ति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)