क्याप्टेन स्मितमाथि सह-पाइलटले बञ्चरोले गरेका थिए प्रहार, यूएईले भन्यो- ‘फ्लाई दुबई विमानमा भएको घटना आतंकवादी आक्रमण’
kalakarmi.com · Sat Oct 03 11:21:37 GMT 2026

दुबई– फ्लाई दुबईको विमानमा भारतीय पाइलटमाथि भएको आक्रमणलाई संयुक्त अरब इमिरेट्स (यूएई) को अभियोजन पक्षले आतंकवादी घटना भएको जनाएको छ । साथै, विमानका ओमानी सहपाइलटले भारतीय क्याप्टेन स्मित मच्छरमाथि ककपिटमा प्रयोग हुने आपत्कालीन बन्चरोले आक्रमण गरेको पुष्टि गरेको छ ।
यूएईका अधिकारीहरूले शनिबार विमान अपहरणको प्रयास तथा आक्रमणसम्बन्धी घटनाबारे जानकारी सार्वजनिक गर्दै सह–पाइलट हम्माम अल–हम्मामीले क्याप्टेन स्मित मच्छरमाथि ककपिटमा राखिएको ‘क्र्यास एक्स’ अर्थात् आपत्कालीन बञ्चरोले आक्रमण गरेको पुष्टि गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)