ब्राजिलप्रतिको मोह, भारतको जितको चाहना
gorkhapatraonline.com · Sat Oct 03 11:30:29 GMT 2026
भारतले शनिबार शक्तिशाली ब्राजिलसँग पहिलो पटक मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेलअघि कोलकाताका फुटबल समर्थक भने ब्राजिलप्रतिको मोह र आफ्नै देशप्रतिको समर्थनबिच दोधारमा देखिएका छन् ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलका समर्थकको कोलकातामा ठूलो आधार छ । खेल नजिकिँदै जाँदा सहरका सडकमा ब्राजिलको पहेँलो जर्सी लगाएका समर्थक उल्लेख्य रूपमा देखिएका छन् । विश्व वरीयताको १३८औँ स्थानमा रहेको भारत बलियो प्रतिद्वन्द्वी ब्राजिलविरुद्ध कमजोर टोलीका रूपमा मैदानमा उत्रँदै छ । साल्ट लेक स्टेडियममा हुने खेल स्थानीय समयअनुसार साँझ ७ः३० बजे (१४ः०० जीएमटी) सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)