• विनाशकारी बाढीपछि सरकारको ठूलो कदम: जोखिममा रहेका ४ खतरनाक हिमतालको पानी घटाउने तयारी
barnanmedia.com · Sat Oct 03 11:23:01 GMT 2026

काठमाडौं । हिमताल तथा हिमनदीबाट उत्पन्न हुन सक्ने बाढीको जोखिम घटाउन सरकारले उच्च जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने योजना अघि बढाएको छ। पछिल्लो विनाशकारी बाढीपछि हिमतालको जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरकारले चालु आर्थिक वर्षदेखि विस्तृत अध्ययन, डिजाइन र आवश्यक संरचना निर्माणको प्रक्रिया सुरु गर्ने तयारी गरेको हो।
पहिलो चरणमा थुलागी, लोअर वरुण, लुमडिङ त्सो र होङ्गु–२ हिमताल छनोट गरिएको छ। समुद्र सतहबाट ४ हजार ५० मिटरदेखि ५ हजार ४८३ मिटर उचाइमा रहेका यी हिमताललाई सन् २०२० मा संयुक्त राष्ट्र विकास कार्यक्रम र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले सार्वजनिक गरेको अध्ययनले सम्भावित खतरनाक हिमतालका रूपमा पहिचान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)