धनुषामा सोमबार बिहानदेखि निषेधाज्ञा हट्ने
baahrakhari.com · Sun Aug 02 17:26:30 GMT 2026

काठमाडौं । धनुषामा लगाइएको निषेधाज्ञा सोमबार (साउन १८) बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हट्ने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हट्ने भएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)