स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता र चुनौती
rajdhanidaily.com · Sun Aug 22 23:23:32 GMT 2021
प्रारम्भः आज मेरा अनन्य मित्र जोसँग कुनै कालखण्डमा शिक्षा मन्त्रालयअन्तर्गतको एक कार्यालयमा सँगै कार्यरत रहेका थियौं, उनको बारेमा कलम चलाउने प्रयास गरेको छु । उनी हुन् यत्तिखेर सार्वजनिक चासोका रूपमा देखिएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ । समान पदमा हामी काम गथ्र्याैं । उमेशजीले व्यापारलाई आफ्नो पेसा बनाउनुभयो, मैले ३६ वर्ष सेवा गरेर राष्ट्रका लागि खासै केही उल्लेखनीय र उपलब्धिमूलक कार्य गर्न नसकी सेवा निवृत्त भए । मित्र उमेशजी राष्ट्र सेवामा समर्पित भएर केही राम्रा नतिजा स्वास्थ्य क्षेत्रमा हासिल गर्न दृढ संकल्पित हुनुहुन्छ । प्रतिबद्धता देख्दा खुसी लागेको छ । कार्यकालमा प्रतिबद्धताअनुसारको उपलब्धि हासिल गरी सफलता प्राप्त होस् अग्रिम शुभकामना !
राज्यमन्त्रीजीका प्रतिबद्धताः प्रधानमन्त्री शेरबहादुर देउवाजीको प्रथम, दोस्रो र तेस्रो प्राथमिकता कोभिड–१९ को संक्रमणबाट नेपालीहरूलाई मुक्त गराउने खोप प्रदान गर्ने प्रतिबद्धता स्पष्टताका साथ आएकोमा यसलाई मूर्तरूप दिन नतिजामा देखाउनेगरी उमेशजीबाट कार्य प्रारम्भ हुँदै आएको छ । यसबाट उहाँ प्रधानमन्त्रीको प्रतिबद्धतालाई मूर्तरूप दिई नेपालीको बाँच्ने अधिकार सुरक्षित गर्न लागि पर्नुभएको छ, यसको शुभ लक्षण हालै स्वास्थ्य मन्त्रालयले खोपका लागि देखाएको तदारुकता र थप मात्रा प्राप्त गर्न हुँदै आएको पहलकदमीबाट देखिएको छ । यो मन्त्रीको सफल नेतृत्वको शुभ लक्षण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)