‘अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो छ’
annapurnapost.com · Tue Dec 05 00:48:17 GMT 2023
प्रधानमन्त्री आफैं भन्छन्, ‘मुलुकको अर्थतन्त्र तथ्यांक राम्रै देखिन्छ तर व्यवहारमा सटर बन्द छ, व्यवसाय चलिरहेको छैन। यथार्थमा चलायमान छैन। इतिहासमा सबभन्दा बढी रेमिट्यान्स आएको छ। तर, अर्थतन्त्रको अवस्था खराब छ। ब्रेन र पैसा दुवै ड्रेन छ।’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो देखिएको स्वीकार गरेका छन्। सम्पादकहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा बोल्दै उनले यो विषयलाई सुधार्न धेरैपटक छलफल र बैठक भएको बताए। भने, ‘एकीकृत समाधानको प्रयास भइरहेको छ तर अर्थतन्त्र चलायमान हुन सकेको छैन।’ उनले अर्थतन्त्र तथ्यांकमा राम्रै देखिए पनि यथार्थ यस्तो नरहेको स्वीकार गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)