ग्राउन्डेड चिनियाँ जहाजको घाटा अकासिँदो
ekantipur.com · Sun Aug 29 01:03:11 GMT 2021
काठमाडौँ — नेपाल वायु सेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर सात वर्षअघि चीनबाट ल्याइएका ६ चिनियाँ जहाज नउडाउने निश्चय गरेर थन्क्याइएको छ । ६ वर्षमा दुई अर्ब ४८ करोड सञ्चालन घाटा भएपछि गत वर्षदेखि जहाज ‘ग्राउन्डेड’ गरिएको हो । तर, प्रशासनिक, बिमा खर्च र ऋणको बोझ बढेको बढ्यै छ ।
चीन सरकारले दुई अर्ब ९४ करोड ३० लाखमा दुई जहाज अनुदान दिएको थियो भने थप चार जहाज ल्याउँदा भन्सारसहित चार अर्ब ३० करोड लगानी भएको थियो । यी ६ जहाज सञ्चालन गर्दा २०७७ असारसम्म दुई अर्ब ४८ करोड घाटा भएको थियो । सबै जहाज ‘ग्राउन्डेड’ भएपछि एक वर्षमा बिमाको रकम १२ करोड थपिएको छ । यसरी सात वर्षमा नौ अर्ब ८४ करोड खर्च गरिएका जहाज अब सञ्चालन गर्न नसक्ने गरी थन्किएका छन् । जब कि, योभन्दा एक अर्ब कम अर्थात् आठ अर्ब ८७ करोडमा निगमले दुई न्यारोबडी एयरबस किनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)