भोटेकोशी बाढीबाट प्रभावित कुकुरहरूलाई खानेकुरा वितरण
kendrabindu.com · Sat Oct 03 12:32:26 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।
विपद्का कारण बाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट वञ्चित भएका रहेका कुकुरलाई नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री सहयोग गरेको हो । विपद्का कारण सडक र यातायात सम्पर्क विच्छेद हुँदा समस्यामा परेका कुुकुरलाई ‘टेम्पल डग रेस्क्यु’ को आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत रसुवाको स्याफ्रुबेँसी पुगेर खाद्य सामग्री सहयोग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)