सहन प्रधानले ल्याए असारे असारे गीत
nepalviews.com · Mon Jun 29 09:25:43 GMT 2026

काठमाडौं । गायक तथा सङ्गीतकार सहन प्रधानले पन्ध्र असारको दिन पारेर दीपक प्रधानले लेखेको 'असारे पानी साउने झरी' बोलको गीत बजारमा ल्याएका छन् ।
उक्त गीतमा रामचन्द्र काफ्लेले स्वर भरेका छन् । सङ्गीतकार सहन प्रधानले असारे गीतमा नेपाली मौलिक संस्कृति तथा पारम्परिक बाजाहरूको सम्बर्दन तथा जगेर्ना गर्नुपर्छ भन्ने हेतुले नेपाली मौलिक पारम्परिक बाजाहरु पञ्च बाजा,नर्सिङगा,धिमे,भुस्या,सारङ्गी आदि प्रयोग गरिएको बताएका छन् । सो गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)