मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषाबाट हुण्डी कारोबारी पक्राउ

rajdhanidaily.com · Wed Feb 15 23:30:55 GMT 2023

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।

प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनबाट स्रोत नखुलेको नेपाली ४ लाख छ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरिएको डीएसपी गौतमले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)