दशौ खेलकुदमा पदक जित्नेलाई बागमती प्रदेशले नगद पुरस्कार दिने
nepallive.com · Sat Oct 03 12:35:33 GMT 2026
काठमाडौ - दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने बागमती प्रदेशका खेलाडीलाई प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ।
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले प्रदेश खेलकुद विकास परिषद्को २६औँ विस्तारित बोर्ड बैठकलाई सम्बोधन गर्दै खेलाडीको प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएका हुन्। जसअनुसार, प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एक लाख, रजत पदक विजेताले ७५ हजार र कांस्य पदक जित्ने खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)