अजय देवगनको फिल्म दृश्यम- ३ : द कन्क्लुजन' ले पहिलो दिन कीर्तिमानी कमाई
nepalsamaya.com · Sat Oct 03 12:48:43 GMT 2026

काठमाडौं। अभिनेता अजय देवगनको फिल्म दृश्यम- ३: द कन्क्लुजन' ले प्रदर्शनको पहिलो दिन भारतीय बक्स अफिसमा ६६.७५ करोड भारु कमाएको छ। यो अजय देवगनको करियरकै सबैभन्दा ठूलो सुरुवाती कमाइ हो। अभिषेक पाठकको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो।
सैकनिल्कका अनुसार फिल्मले भारतमा ६६.७५ करोड भारु खुद कमाइ गरेको छ। यसको कुल कमाइ ८०.१० करोड भारुभन्दा बढी पुगेको छ। विदेशमा समेत १५ करोड भारु कमाएपछि फिल्मको विश्वव्यापी कुल कमाइ ९५.१० करोड भारु पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)