बाढीपीडितलाई लामिछाने फाउन्डेसनको एक करोड सहयोग
nepalnews.com · Sat Oct 03 12:51:12 GMT 2026

काठमाडौं। बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको ‘द लामिछाने फाउन्डेसन’ले भोटेकोशी बाढीपीडितका लागि एक करोड सात लाख रुपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनले लन्डनस्थित नेपाली दूतावासमार्फत ५१ हजार ७२७ पाउन्ड बाढीपीडितका लागि प्रदान गरेको हो। दूतावासमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लन्डनस्थित फेसन उद्यमी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)