मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जे काम गर्ने हो मनबाटै गर्नुपर्छ, देशभित्रै अवसर छन् !

Ujyaaloonline.com · Wed May 22 23:06:06 UTC 2024

कोरोेना महामारीको बेला म बेलायतको लन्डनमा पढ्दै अनि काम गर्दै थिएँ । महामारीका कारण साथीभाइ कसैसँग पनि भेट्न नपाइने अवस्था भयो । वरपर हेर्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाउन थाले । बाहिर निस्कन नपाएपछि कोठाभित्रै बस्न पर्‍यो । कोठाभित्र बसिरहँदा सामाजिक सञ्जाल धेरै हेर्ने गरेँ । सामाजिक सञ्जाल हेर्दा कोरोनाका कारण कति मानिसको ज्यान गयो भन्ने खबरमा आँखा धेरै पर्थ्याे । त्यसपछि राति सुत्न नसक्ने, बिहान खान नसक्ने र बाहिर जान नसक्ने भएँ । मनमनै लाग्यो म यसरी एक ठाउँमा बस्ने खालको मानिस त होइन । बारम्बार त्यो महसुस भइरहेको थियो ।

आफ्नो देशभन्दा बाहिर बसेर पढ्ने विद्यार्थीको सङ्घर्ष आफ्नै किसिमको हुन्छ । मलाई गाह्रो भएको कुरा बुबाआमासँग भनाैँ भने उहाँहरूले बुझ्नु हुँदैन थियो । यो कुरा बुझ्ने त मात्रै 'थेरापिस्ट' ले हो । त्यसपछि मैले अनलाइन माध्यमबाट 'थेरापिस्ट' लाई खोज्न थालेँ तर कुनै 'थेरापिस्ट' को प्रतिक्रिया आएन । मैले बेलायतको राष्ट्रिय स्वास्थ्य प्रणालीमा पुग्दा सात महिना पर्खनुपर्ने देखियो । जबकि मलाई आजको भोलि नै 'थेरापिस्ट' सम्म पुग्नु थियो । त्यहाँ सात महिना कुर्नुभन्दा नेपालको 'थेरापिस्ट' सँग कुरा गरौँ भन्ने लाग्यो । नेपालबाट पनि केही प्रतिक्रिया आएन ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)