सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन माग गर्दै कांग्रेस अब सडक आन्दोलनमा
ekantipur.com · Wed May 22 23:24:39 UTC 2024

काठमाडौँ — सरकार गैरजिम्मेवार, अनुदार, स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुशता उन्मुख भएको ठहर गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले त्यसका विरुद्धमा संघीय संसद्, प्रदेश संसद् र सडकबाट सशक्त प्रतिरोध गर्ने निर्णय लिएको छ ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको बुधबार बसेको बैठकले जेठ १३ मा राजधानीमा बृहत् प्रदर्शन गर्नुका साथै त्यसपछि स्थानीय तहसम्म विरोधका कार्यक्रम लैजाने निर्णय गरेको छ । यसअघि संसदीय छानबिन समितिको मागलाई दबाब दिन सडकमा भ्रातृसंस्थालाई मात्र परिचालन गरेको कांग्रेस अब सिंगो पार्टी नै सडक प्रदर्शनमा उत्रने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)