रुकुम पश्चिममा हल्का देखि मध्यम वर्षा, सतर्क रहन आग्रह
barnanmedia.com · Sat Aug 23 22:23:29 GMT 2025

जल तथा मौसम विज्ञान विभागले रुकुम पश्चिमको मुसिकोट (रुकुमकोट) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा भएको जानकारी दिएको छ। विभागले आइतबार बिहान १ बजे एक सूचना जारी गर्दै पछिल्लो एक घण्टामा वर्षा भइरहेकामा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ।
जसको प्रभावले सो क्षेत्रका स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्छ र कमजोर वा भिरालो जमिनमा पहिरोको जोखिम रहेको विभागले जनाएको छ। विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)