कांग्रेसको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छ [भिडियो]
hamrakura.com · Sat Oct 03 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको स्थलमा हुन लागेको बताएका छन् । महाधिवेशनस्थल खुल्ला मञ्चमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्व रहेको बताए । २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुल्ला मञ्चबाट गरेको उनले बताए ।
२०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेसका नेता गणेशमान सिंहले पनि खुला मञ्चबाट नै परिवर्तनको उद्घोष गरेको उनले बताए । नेपाली कांग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्वपूर्ण स्थानमा पार्टीले १५ औँ महाधिवेशन गर्न लागेको उनको भनाई छ । महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)