साउदीमा ४० नेपाली कामदार अलपत्र
ekantipur.com · Fri Sep 20 17:01:51 UTC 2024
काठमाडौँ — साउदी अरबको पूर्वीक्षेत्र अलकसिममा ४० जना नेपाली श्रमिक अलपत्र परेका छन् । नेपालबाट सगरमाथा म्यानपावर, यात्रा एचआर, ओम ओभरसिजबाट साउदी लगिएका नेपाली श्रमिकहरु अलपत्र परेका हुन् । यो समूहमा दुई महिनादेखि दुई वर्षसम्म साउदी पुगेकाहरु छन् । ती नेपालीलाई कम्पनीले काम दिएको छैन । खाना पनि दिइएको छैन ।
४ महिनाअघि साउदी पुगेका जितेन्द्रकुमार महराले अहिलेसम्म ६ सय रियालमात्रै तलब पाएको बताए । उनी सगरमाथा कम्पनीबाट अलअदवावाद कम्पनीमा आएका थिए । ‘चार महिनामा तीन महिनाको तलब दिएको छैन । अब दुई महिनामात्रै परिचयपत्रको म्याद बाँकी छ । तलब माग्दा कम्पनीले तिमीहरु हाम्रो मान्छे होइन, हामी जिम्मेवार छैन भन्छ । हामी अलिकति बढी कराउँदा प्रहरी बोलाइदिन्छ । हामीलाई जसरी भयो पनि उद्धार गर्नुपर्यो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)