सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा
ekantipur.com · Wed May 22 23:54:54 UTC 2024

काठमाडौं, चितवन, पोखरा र बुटवल — मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो ।पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न लागिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए ।
‘जेठ ११ को बिहान ११ बजे माइतीघर मण्डलाबाट आन्दोलन सुरु हुनेछ, र्यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्छौं,’ उनले भने, ‘सहकारीपीडितको माग पूरा नभएसम्म आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । नेपालगन्ज, चितवन र धरानमा पनि एकै पटक सुरु हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)