शारीरिक सुगठक प्रकाशप्रति श्रद्धाञ्जली
neplays.com
पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता स्व. प्रकाश राईप्रति शुक्रबार श्रद्धाञ्जली अर्पण गरिएको छ । स्व. राईलाई श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा राखिएको थियो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदी, खेलाडी, प्रशिक्षक, कर्मचरीलगायतले राईको पार्थिव शरीरमा झण्डा र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)