मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थतन्त्रलाई गतिशील बनाउने नीति लिन नाडाको माग

lokaantar.com · Thu Dec 29 23:53:56 GMT 2022

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ । सो संस्थाका प्रतिनिधि टोली उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी सो माग गरेको हो ।

सो अवसरमा प्रतिनिधि मण्डलले अटोमोबाइल व्यवसायीलाई न्याय गर्न आग्रह गरेको थियो । अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टोलीले बढ्दो व्याजदर तथा प्रिमियम दरलाई उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशील बनाउन आग्रह गरेको थियो । सो अवसरमा सवारी साधन आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जीनको सीमा १० प्रतिशत काम गर्न आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)