बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी (तस्बिरहरू)
ratopati.com · Sat Oct 03 14:03:48 GMT 2026

चितवन । कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै अनि कोही आफैँ धकेल्दै । कोही प्याज ताछ्न व्यस्त थिए । यो चितवनस्थित नारायणी किनारको शनिबार बिहानको दृश्य हो । एक हप्ताअघि ९असोज ९ देखि १२ गतेसम्म० निकै उर्लिएको नारायणी नदी अहिले शान्त छ । नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि सुरू हुन थालेको छ ।
बाढी आउनुअघि बाक्लो चहलपहल र फोटो खिच्नेको भीड हुने किनारमा आज ढुंगा र हिलो छ । करिब १ सय ५० देखि २ सय साना ठेला व्यवसायीहरूको रोजीरोटी जोडिएको यो क्षेत्रमा अहिले साना ठेलाहरू किनारका छेउछाउमा बसेर व्यापार गर्ने प्रयासमा छन् भने ठूला ठेला बाटो र पार्किङमै थन्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)