मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोराको १८ वर्षको उमेरमा निधन

ratopati.com

जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोरा इमिलियोको १८ वर्षको उमेरमा निधन भएको छ । पोर्चुगिज टेलिभिजन टीभीआईले क्वाड बाइक दुर्घटना परेर निधन भएको जनाएको छ ।

बालाकको पूर्वक्लब चेल्सीले ट्वीटरमा एक वक्तव्य जारी गर्दै बालाक र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । ‘चेल्सी फुटबल क्लबसँग आबद्ध सबै जना इमिलियो बालाकको १८ वर्षको अल्पआयुमा निधन भएकोमा स्तब्ध र दुःखी छ,’ चेल्सीले विज्ञप्तिमा भनेको छ, ‘यो दुःखको घडीमा हाम्रो प्राथना माइकल र उनको परिवारको साथमा छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)