लामिछानेलाई कारागार चलान, पालो सबैको आउने धम्की
barnanmedia.com · Mon Apr 07 22:57:32 GMT 2025

सहकारीको रकम अपचलन गरेको अभियोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार पुर्याएको छ। रुपन्देही जिल्ला अदालतमा पेस गरेर पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला कारागार चलान गरिएको हो।
जिल्ला अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेको स्वास्थ्य परीक्षण गरेर कारागारको ब्लक नम्बर–४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)