सूसाइट नोटका आधारमा दाङमा माओवादीका नेतासहित ५ जना पक्राउ
rajdhanidaily.com · Sat Aug 23 23:31:00 GMT 2025

तुलसीपुर । तुलसीपुरका व्यापारी आत्महत्या दुरुत्साहन मुद्दामा ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र तुलसीपुरका नगर सहइन्चार्ज चित्र बहादुर खडका (अनुपम), तुलसीपुर उपमहानगरपालिका –५ निवासी ४२ वर्षकी खुमा भन्ने राधिका वली, रुकुम घर भइ हाल तुलसीपुर– ५ निवासी ४२ वर्षका चन्द्र बहादु खडका, ४० वर्षका यादव श्रेष्ठ, तुलसीपुर –६ निवासी ४० वर्षकी नन्दा वली रहेको प्रहरी स्रोतले बताएको छ ।
उनिहरुलाई हिजो पक्राउ गरिएको हो । हिजोदेखि लागु हुने गरि आज ७ दिनको म्याद थपिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका एक प्रहरी अधिकृतले जानकारी दिए । स्रोतका अनुसार सुसाइट नोटमा ८ जनाको नाम उल्लेख गरिएकोमा ५ जना पक्राउ परे पनि ३ जना फरार रहेको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)