भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
rajdhanidaily.com · Sat Aug 23 23:29:43 GMT 2025

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका ८ खोक्सिकको वाक्चाखामा‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो ।
यो क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले रु.सात लाख लागतमा करिव आठ सय मिटर पदमार्ग निर्माण गरिएको रामप्रसादराई ८ का वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । यहाँ वडा र नेपाल जलबायु अनुकुलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको वडाध्यक्ष राईको भनाइ छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भईरहेको उनले जानकारी बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)