लगानी सम्मेलन सर्यो, वैशाख १६ र १७ मा
ekantipur.com · Sat Jan 20 01:19:47 GMT 2024
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा बसेको निर्देशक समितिको दोस्रो बैठकले आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने जनाएको छ । निर्देशक समितिको बैठकले शुक्रबार लगानी सम्मेलनको मिति तय गरेको हो । यसअघि मंसिर १० मा बसेको निर्देशक समितिको पहिलो बैठकले वैशाख ९ र १० मा सम्मेलन गर्ने गरी तयारी सुरु गरिएको जनाएको थियो ।
कात्तिक २३ मा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ९ र १० मा तेस्रो लगानी सम्मेलन–२०८१ आयोजना गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)