लुम्बिनीमा आज सार्वजनिक बिदा, अट्वारी पर्व मनाइँदै
hamrakura.com · Sun Aug 24 00:00:00 GMT 2025
दाङ। पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले आज (आइतबार) विविध कार्यक्रम आयोजना गरी आफ्नो महत्त्वपूर्ण पर्व ‘बर्का अट्वारी’ मनाउँदैछन्। यो पर्वमा पुरुषहरूले दाजुभाइ-दिदीबहिनीको सुस्वास्थ्य र दीर्घायुका लागि निराहार व्रत बस्ने गर्छन्।
थारु अगुवा सरस्वती चौधरीका अनुसार, यो पर्व हिन्दुहरूको तिजजस्तै महत्त्वपूर्ण छ। यसमा दाजुभाइहरूले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्ने गर्छन्। व्रत बसेको दिन बेलुका रोटी पकाएर देवी-देवतालाई चढाइसकेपछि ‘अग्रासन’ (दिदीबहिनीका लागि छुट्याइएको विशेष परिकार) निकालेर मात्र खाने चलन छ। भोलिपल्ट बिहान भात-तरकारी पकाएर अग्नि देवतालाई चढाएपछि मात्र व्रत समापन गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)