सीप तथा रोजगार मेलाबाट ६६ जनाले पाए रोजगारी
ratopati.com · Sat Oct 03 14:48:58 GMT 2026

विराटनगर । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सुनसरीको इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।
असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको मेलामा हालसम्म स्थलगत अन्तर्वार्तामार्फत ६६ जना बेरोजगार युवाहरूले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेका छन्। मेला आयोजक तथा मन्त्रालयका सहसचिव हेमराज तामाङका अनुसार मेलामा सहभागी हुन कुल ४ हजार ५ सय २८ जना युवाहरूले नाम दर्ता गराएका थिए। जसमध्ये मेलाको तेस्रो दिन ११ जना र चौथो दिन ५५ जना गरी कुल ६६ जना युवाहरू विभिन्न कम्पनीहरूमा छनौट भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)