अर्घाखाँचीमा पहिरोले पुरिएर ९ वर्षीया बालिकाको मृत्यु, तीनजना घाइते
annapurnapost.com · Tue Aug 31 23:30:00 GMT 2021
सन्धिखर्क: अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
वार्ड नम्बर ७ अडगुरी झन्द्रेकको भेडावारी बस्ने जीवलाल सुनारको घर पहिरोले पुरिँदा ९ वर्षीया छोरी झरना सुनारको पहिरोले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बर बहादुर थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)