मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको गोलमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो

Ujyaaloonline.com · Wed Sep 29 00:55:54 GMT 2021

काठमाण्डाै – च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हराएको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको हो ।

गएराति भएको खेलमा घरेलु टोली पीएसजीले गुआईको गोलबाट अग्रता लिएको थियो । त्यस्तै खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले २–० को अग्रता बनाएको थियो । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् । साथै नयाँ सिजनमा पीएसजीका लागि अहिलेसम्म चार खेल खेलेका मेस्सीले पहिलो गोल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)