विपन्नलाई सहकारीले डाक्टर पढाउने
ekantipur.com · Mon Dec 27 01:57:58 GMT 2021
बिर्तामोड — झापाको एक सहकारी संस्थाले विपन्न जाति समुदायका विद्यार्थीलाई एमबीबीएस पढाउने योजना अघि सारेको छ । चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लोपोन्मुख एवं सीमान्तकृत विद्यार्थीका लागि यस्तो योजना ल्याएको हो ।
आर्थिक अवस्था कमजोर भएका, अतिविपन्न वर्गका किसान, लेप्चा, मुसहर, सन्थाल जातिका बस्तीमा चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको खोजी भइरहेको सहकारीका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले बताए । सहकारीले सामाजिक विकास योजनाअन्तर्गत यस्ता १० जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउन लागेको उनको भनाइ छ । ‘संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नीति लिएको छ,’ उनले भने, ‘यसअन्तर्गत गरिब, विपन्न परिवारका छोराछोरी पनि डाक्टर पढ्न सकून् भन्ने उद्देश्यले कार्यक्रम अघि सारेका हौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)