यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय
setopati.com · Sat Oct 03 15:33:40 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको हो।