भेनेजुएला भूकम्प चार दिनपछि भग्नावशेषबाट बाबु–छोराको जीवित उद्धार
bishowkhabar.com · Mon Jun 29 09:46:11 GMT 2026
काठमाडौं–भेनेजुएलामा गएको विनाशकारी भूकम्पको चार दिनपछि एक भत्किएको भवनको भग्नावशेषबाट बाबु र उनका छोरालाई जीवितै उद्धार गरिएको छ। आइतबार भएको यो सफल उद्धारसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको छ।
सबैभन्दा बढी प्रभावित ला गुइरा राज्यमा उद्धारकर्मीहरूले शारीरिक रूपमा निकै कमजोर अवस्थामा रहेका बाबु–छोरालाई स्ट्रेचरमार्फत एम्बुलेन्ससम्म पु¥याएका थिए। उनीहरूलाई उद्धार गर्नुअघि विशेष सर्च क्यामेराको सहायताले करिब १२ घण्टासम्म भग्नावशेषभित्र खोजी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)