मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

gorkhapatraonline.com · Sat Oct 03 16:11:38 GMT 2026

नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त हुनुभएको छ ।

आइटियुको दूरसञ्चार विकास ब्युरोले गत सेप्टेम्बर २२ मा खनाललाई उक्त पदमा नियुक्त गरेको हो । उहाँले अक्टोबर १ देखि पदभार सम्हाल्नुभएको छ । आइटियुको आधिकारिक विवरणमा खनालको नियुक्तिलाई दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखका रूपमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)